१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको ल्योसिखेल सिल गरियो



अ+ अ-

काठमाडौं । भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ ।

सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ । बाहिरका मानिसहरुलाई सो क्षेत्रमा आउन रोक समेत लगाइएको छ ।

संक्रमित व्यक्ति काठमाडौं महानगरपालिकाका गाडी चालक रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए । उनलाई राति नै अस्पताल लगिएको र परिवारका सदस्य तथा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको तयारी भइरहेको मेयर प्रजापतिले बताए ।