१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रालय



अ+ अ-

काठमाडौँ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

यदि सबै काम सकिए आजै नक्सा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । मन्त्रालयमा हिजो भएको छलफलअनुसार आज ११ बजे नक्सा सार्वजनिक गर्ने तयारी थियो । नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रीका निजी सचिवालय लागेको मन्त्रालयका एक पदाधिकारीले बताए ।

मन्त्रीपरिषद्ले निर्णय गरेसँगै समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आएका नक्सा त्रुटिपूर्ण रहेको मन्त्री पद्मा आर्यालले स्वयम् भनेकी छिन् । उनले समाजिक सञ्जालमार्फत त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी थिइन् । मन्त्रीपरिषद्ले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको बताउँदै उनले त्यतिबेलासम्म धैर्य गर्न आग्रह गरेकी थिइन् ।