१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि, प्रहरी वृत्त सिल गरियो



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी नायव निरीक्षक (सइ) र एक जना जवानलाई संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ ।  उनीहरुलाई मंगलबार राति नै वलम्बुस्थित एपिएफ अस्‍पताल लगेर आइसोलेशनमा राखिएको स्रोतले जनाएको छ ।

वृत्त सिल गरिएको कारण अब वृत्तभित्र रहेकाहरु भित्रै रहेर काम गर्नेछन् भने बाहिर रहेकाहरु बाहिरै रहनेछन् । त्यहाँका सबै प्रहरीको  थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षण समेत गरिने छ ।

सो वृत्तमा डीएसपीको कमाण्डमा एकसय ३२ जना कार्यरत छन् । ती सबैको एउटै भान्सा छ । धेरैजना सोही वृतमा सुत्छन् पनि ।