२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनल समीकरण पूरा



अ+ अ-

फुङ्लिङ। ताप्लेजुङमा जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप–२०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सलहेस युवाक्लब सिरहाले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिमचरणमा स्थान बनायो ।

खेलको पाँचौँ मिनेटमै सदिया आदमले गोल गर्दै सिरहालाई अग्रता दिलाउनुभयो । ३५औँ मिनेटमा सुजित बुढाथोकीको गोलले अग्रता दोब्बर बनाउनुभयो । ३७औँ मिनेटमा युसुफमालिकले गोल गर्दै स्कोर ३–० बनाएको थियो । चौथो गोल आत्मघाती गोलमार्फत सिरहाले उपहारस्वरूप प्राप्त गर्नुभयो ।

६६ औँ मिनेटमा युसुफमालिकले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ५–० पु¥याएको थियो । ८०औँ मिनेटमा मोहित गुरुङले गरेको गोलसँगै सिरहाले फिदिमलाई ६–० ले पराजित गराउनुभयो । उत्कृष्ट प्रदर्शन गरेका युसुफ मालिक ‘म्यानअफ द म्याच’ घोषित हुनुभएको थियो ।

समूह ‘बी’मा रहेको सिरहा अब सेमिफाइनलमा साउन २९ गते रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ । झापाले प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पोखराको सहारा क्लबलाई १–० ले पराजित गर्दै अन्तिमचरणमा स्थान बनाएको हो । बुधबारबाट सुरू हुने सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’ का द यङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाइज क्लब ललितपुर भिड्ने छन् ।

यसअघि, क्वार्टरफाइनलमा सुनसरीले तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई २–१ ले पराजित गरेको थियो भने चर्च ब्वाइजले भारतीय टोली लिजेन्ड फुटबल एकेडेमीलाई १–० ले हराएको थियो । आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार साउन ३० गते खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ । विजेता टोलीले नगद रु सात लाख दुई हजार ८२ प्राप्त गर्नेछ भने उपविजेताले रु तीन लाख ५० हजार ८२ पाउनेछ । रासस