२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो



अ+ अ-

महोत्तरी । अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था नहुँदा महोत्तरीका किसान फलपूmलखेतीतर्फ आकर्षित भएका छन् । यहाँका अधिकांश किसानले आँपखेती गरेका छन् ।

लिची, रुखकटहर, सपातो र केरासहितका फलपूmल लगाइए पनि यहाँका किसान आँपतिर नै आकर्षित भएका छन् । यो वर्ष लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गङ्गाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १० कट्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।”

कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिबास–५ चेरुका राजन पौडेल बताउनुहुन्छ । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलले बताउनुभयो ।

“मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनि दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्”, पौडेलले भन्नुभयो, “फूल्ने बेलामै दामकाम भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।” आपूmले पनि एक बिघामा आँपखेती बढाउन लागेको उहाँले बताउनुभयो ।

आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको र खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछिल्लो वर्षमा रोपेको वर्षदिनमै उत्पादन दिने नयाँ विकसित जातका आँप लगाउने किसान बढेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ । यिनमा स्वर्णरेखा, मल्लिका र  आम्रपालीसहित छन् । यी जातका रुख धेरै अग्ला नहुने, थोरै क्षेत्रफलभित्र पनि रोप्न सकिने, बर्सेनि फल्ने र सुगन्धितसँगै मीठो स्वादका हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेका महतोको अनुभव छ । यीबाहेक पुराना जातका मालदह, ग्रिन बम्बई, सिपिया, गोपालभोग, लालगुलाब, एलो बम्बई, दसहरी, कृष्णभोग र कलकतिया जातका आँप किसानको रोजाइमा छन् ।

फलफूलखेतीका लागि सरकारले बिरुवा र अन्य प्राविधिक सहयोग गर्नुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रले किसानलाई सहुलियतमा फलपूmलका बिरुवा र प्राविधिक सल्लाह दिँदै आएको छ ।रासस