२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना



अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ ।

प्राथमिकतायुक्त आयोजनाहरुको २४सै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्नुभयो । उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन् । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विकास निर्माणका आयोजनाहरुलाई गति दिन यस कक्षले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो । तत्कालका लागि अनलाइन अनुगमन कक्षबाट कीर्तिपुररस्थित क्रिकेट रंगशाला र नवलपुर जिल्ला सदरमुकाको आयोजना मनिटरिङ गरिएको छ । आउँदा दिनमा मन्त्रालयमातहतका प्राथमिकतायुक्त सबै आयोजनालाई अनुगमन गर्ने प्रक्रियामा जाने मन्त्री सिंहले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्राथमिकतायुक्त आयोजनाहरुको अनलाइन अनुगमन कक्षको प्रारम्भ भएको छ । प्रविधिको अधिकतम सदुपयोग गरेर विकास निर्माणका कामलाई तिब्रताका साथ सम्पन्न गर्नको लागि यी टुल्सहरुको हामीले प्रयोग गर्न जान्नुपर्ने हुन्छ । त्यहीअनुसार आज हामीले यो कार्य अगाडि बढाएका हौं । अब हाम्रो मन्त्रालयबाट प्राथमिकतामा परेका विकास निर्माणका आयोजनाहरुको अनुगमन गरिनेछ । यद्यपि भौतिक अनुगमन परम्परागत शैली पनि हामीले छोड्नु हुँदैन । फिल्डमै गएर अनुगमन गर्ने तथा भौतिक प्रगति के कस्तो छ बुझ्ने कार्यहरु त हुन्छन् नै । तर यो अनलाइन अनुगमनले समय तथा खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या अनुगमन कक्षमा बसेका कर्मचारीहरुसँगको समन्वयमा समाधान गर्न सहयोग पुग्नेछ । अहिले नेपालमा विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या छ । त्यो समस्या समाधान गर्नको लागि यसले महत्वपूर्ण सहयोग गर्ने हाम्रो विश्वास छ ।’ 

अनलाइनमार्फत अनुगमन गरेपनि भौतिक अनुगमन गरेर प्रगतिको अवस्था बुझ्ने कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।




भर्खरै