३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्‍याउँछौँः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनु भयो । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताउनु भयो । जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) को भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने बताउनु भयो । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पु¥याउने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि एक पटक एउटा अभियान सञ्चालन गरेको थियो । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान । मेची—महाकाली अभियानमा सयकडौं र्काकर्ता सहभागि भएका थिए । हजारौँ जनताको साथ र समर्थन पाएका थियौँ । ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो । जुन पार्टी जनताको विश्वास गर्न चाहन्छ, उनीहरु शक्तिलाई परिचालित गरिरहेको हुन्छ । परिचालनको क्रम पालिका पालिकाभित्र हुन्छ । जिल्ला जिल्लामा पनि हुन्छ । जिल्लास्तरको अभियान सञ्चालन गरेर पालिकास्तरको अभियान सञ्चालन गरेर, प्रदेश स्तरको अभियान सञ्चालन गरेर, राष्ट्रिय स्तरको अभियान सञ्चालन गर्नुपर्छ । हामी पार्टीलाई अघि बढाउन चाहन्छौँ । यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन् । अवश्य ठूलो छ भन्नेकुरा पनि आउँदैन । तर यो पार्टीलाई हामीले सशक्त बनाउनुपर्नेछ । ठूला पार्टी बनाउनुपर्नेछ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पु¥याउनुपर्दछ ।’

अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रुपान्तरण गर्नसकने बताउनु भयो ।