३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीको सदस्यताबारे ओलीले भने–खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता आफैंले छोडेको बताउनुभएको छ ।

च्यासलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खोसिएको नभई राष्ट्रपति हुनका लागि उहाँ आफैँले सदस्यता छाडेको ओलीले प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो ।,’ सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीको भनाई छ ।

‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन ।’ प्रधानन्त्री ओलीले भन्नुभयो ।

यस्तै, प्रधानमन्त्री ओलीले दर्ता गर्दैमा सदस्यता नवीकरण नहुने पनि बताउनुभयो । ‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो ।