२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा चलिरहेको मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षासम्बन्धी घटनाहरूमा कम्तीमा ३०३ जनाको मृत्यु भएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिइएको छ।

जुन २० देखि हालसम्म वर्षासम्बन्धी घटनाहरूमा १५५ जनाको मृत्यु भएको छ भने भारी वर्षाका कारण सडक दुर्घटनामा १४८ जनाले ज्यान गुमाएको प्रधिकरणले बताएको छ ।

पछिल्लो दुई महिनामा मनसुनले हिमाचल प्रदेशमा धेरै विनाश गरेको छ। मण्डी र कांग्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

विपद् व्यवस्थापन प्राधिकरणका अनुसार कुल क्षति करिब २७.४३ अर्ब भारतीय रूपैयाँ (लगभग ३१४ मिलियन अमेरिकी डलर) भएको अनुमान छ, जसमा सार्वजनिक पूर्वाधार र कृषिमा भएको ठूलो नोक्सानी गरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

प्राधिकरणले जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र मनसुनको अवस्था कायम रहँदासम्म आधिकारिक सूचनाहरूको जानकारी लिइरहन सुझाव दिएको छ।