२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्यमा नेपालले फड्को मारेको छ : नेता महत



प्रवक्ता डा महत काठमाडौँ, ९ भदौः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत सोमबार मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले, २०२५ सिजन–४ को काठमाडौँमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्टरासस
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा, स्वास्थ्यलगायतका मुलभूत सेवाका क्षेत्रमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभएको छ ।

आज यहाँ आयोजित मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ लाई सम्बोधन गर्दै उहाँले नेपाल समाज रुपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको र यसले विकासका विभिन्न सूचकहरूमा सकारात्मक सङ्केत दिएको उल्लेख गर्नुभयो ।

डा महतले विगतमा शिक्षाको पहुँच सीमित रहेको, पढ्न जान्ने र नजान्नेबीच विभेद रहेकामा हाल सुधार भएको बताउनुभयो । “हिजोका दिनमा स्कुल पढ्न जानु ठूला परिवार वा सहरका केटाकेटीको मात्र अधिकार जस्तो देखिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त्यो अवस्था परिवर्तन भएको छ ।

शिक्षामा समावेशिता आएको छ । गाउँगाउँमा विद्यालय पुगेका छन्, छात्रवृत्ति, पोषण, बालमैत्री कार्यक्रमले बालबालिकाको स्कुलप्रतिको उत्साह बढेको छ ।”

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ प्रतियोगिता आयोजना गरिएको थियो । यो कार्यक्रम गुरुङ समुदायको कला, संस्कृति, पहिरन तथा परम्परागत सौन्दर्यलाई उजागर गर्न आयोजना गरिएको आयोजकले जनाएको छ । रासस




भर्खरै