२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा दम्पती अझै एक साता अस्पतालमै



अ+ अ-

काठमाडौं: नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र उहाँकी धर्मपत्नी पूर्वमन्त्री डा आरजु राणा देउवा अझै एक साता अस्पतालमै रहने उहाँहरु निकट स्रोतहरूले बताएका छन् ।

गत भदौ २४ गते बुढानिलकण्ठस्थित उहाँहरुकै निवासमा जेन्जी युवा पुस्ताको एक समूहले देउवा दम्पतीलाई सांघातिक कुटपिट गरेको थियो । उहाँहरुलाई त्यसलगत्तै नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पतालमा भर्ना गरेको थियो ।

केही अनलाइन सञ्चार माध्यम र सामाजिक संजालले भने उहाँहरु आज अस्पतालबाट डिस्चार्ज हुने खबर सार्वजनिक गरेका थिए । तर यसमा कुनै सत्यता नरहेको स्रोतले बताएको छ ।

प्रदर्शनकारीको हमलाका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियारले प्रहार भएको थियो । उपचारका क्रममा उहाँलाइ आठ वटा टाँका लगाइएको थियो । डा। राणाको पनि गर्धनमै चोट थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण अस्पतालले उनीहरुलाई डिस्चार्ज गर्न लागेको भनिए पनि अझै एक साता अस्पतालमै राखेर थप उपचार गरिन लागेको पनि स्रोतले जनाएको छ ।