२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ



अ+ अ-

काठमाडौँ। शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालिन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ ।

सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतसमेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय,नक्खुमा रहेका शर्मा जेनजी आन्दोलनका समयमा फरार भएका थिए ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।उनलाई आजै कारागार कार्यालय, नक्खु बुझाइएको ब्यूरोका निमित्त प्रवक्ता, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार कैदीबन्दी फरार रहेका छन् ।रासस