२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयमा ‘एकीकृत कार्यालय व्यवस्थापन प्रणाली’ लागू



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि ‘एकीकृत कार्यालय व्यवस्थापन प्रणाली’को सुरुवात गरेको छ ।

अर्थमन्त्रीको स्वीकृतिसहित औपचारिक रुपमा शुभारम्भ भएको उक्त प्रणालीमार्फत मन्त्रालयभित्रका सम्पूर्ण कार्यहरू विद्युतीय माध्यममार्फत सम्पादन हुनेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेको यो प्रणालीमार्फत तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्र दर्ता–चलानी, हाजिरी, बिदा तथा काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायतका प्रक्रिया अब अनिवार्य रुपमा ई–साइन (विद्युतीय हस्ताक्षर) प्रयोग गरेर सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यालय व्यवस्थापन प्रणाली लागू भएसँगै सरकारी निकायका काम एकै सूचना प्रविधि प्रणालीबाट सरल, सहज, छरितो र पारदर्शी हुने मन्त्रालयले जनाएको छ ।

साथै यसले कागजरहित (पेपरलेस) शासन प्रणालीलाई व्यवहारमा ल्याउने र निर्णय प्रक्रियामा छिटो फाइदा, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता तथा जवाफदेहितामा वृद्धि हुने अपेक्षा गरिएको छ ।