२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवरात्रः शक्तिपीठमा भक्तजनको भीड



अ+ अ-

काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ ।

नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ । काठमाडौँ उपत्यका तथन आसपासस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा अहिले पनि भक्तजनको भीड छ ।

यसैगरी, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । यी शक्तिपीठलाई विशेष रुपमा सजाइएको छ ।