२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु



अ+ अ-

दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन् ।

डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको इलुसीको बजारमा लैजाने क्रममा दुर्घटना भएको सूचनाका लागि कोगी राज्य आयुक्त किंग्सले फेमी फानवोले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोष्ट गदै जनाउनु भएको छ ।

अनपेक्षित घटनाले अनायसै २६ जना यात्रुहरूको ज्यान लिएको रिपोर्ट गरिएको उहाँले जनाउनु भएको छ ।

नाइजेरियाको व्यस्त नदीहरूमा अत्यधिक भार बोकेका डुङ्गाहरू, उचित मर्मत सम्भार अभाव र सुरक्षा नियमहरू पालना नगर्नाले दुर्घटनामा पर्ने गरेको जनाइएको छ ।

गत महिना मात्र नाइजर राज्यमा एण्टा डुङ्गा रूखको स्टम्पमा ठोक्किएर दुर्घटना हुदाँ कम्तीमा ३२ जनाको ज्यान गएको बताइएको छ ।

अगस्टको अन्त्यमा, उत्तरपश्चिमी राज्य सोकोटोमा करिब ५० जना यात्रु बोकेको डुङ्गा पल्टिएर दुर्घटना ग्रस्त हुदाँ तीन जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएको जनाइएको छ । रासस