२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिदै



अ+ अ-

काठमाडौं: निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ।

खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ। थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन्।

विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तै: शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ।

महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ। हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ। सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।