२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले पाइप बगाएपछि ५०० परिवार खानेपानीबाट वञ्चित



फाइल फोटो
अ+ अ-

सर्लाही। अविरल वर्षापछिको बाढीले खानेपानीको पाइप बगाएपछि यहाँको लालबन्दीमा ५०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।

लालबन्दी नगरपालिका–१५, कालिञ्जोर खोलाले पाइप बगाएको हो । सोही वडाअन्तर्गत खोलाको ड्याममाथि निर्माण गरिएको रिजर्भ ट्याङ्कीबाट खोला किनार हुँदै लालबन्दी–१५, चिसापानी क्षेत्र र १६ परवानीपुर क्षेत्रमा खानेपानी पु¥याइएको थियो । खोलाले दुवैतर्फको पाइपलाइनमा क्षति गरेको वडाध्यक्ष गोरख बलले जानकारी दिनुभयो ।

हाल चिसापानी, परवानीपुरलगायत क्षेत्रका ५०० परिवारले एक घण्टा समय लगाएर ठडेगैरी पँधेराबाट पानी ल्याउन बाध्य हुनुपरेको स्थानीय सानो बाबु कार्कीले बताउनुभयो । उमेरले ६७ वर्ष पुग्नुभएका कार्कीले घरमा तन्नेरी कोही नहुँदा आफूले निकै कष्ट बेहोर्नु परिरहेको गुनासो गर्नुभयो ।

घरमा धारा जोडेको हप्ता दिन नहुँदै बाढीले पाइपलाई बगाएको हो । बाढीले लगभग १०० मिटर पाइपमा क्षति पुगेको वडाध्यक्ष बलले जानकारी दिनुभयो ।

यसअघि बेमौसमी वर्षापछि हरिवन खोलामा बाढीले बागमती नगरपालिका–१, मा रहेको बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानीको मुख्य पाइप लाइनमा क्षति पु¥याएको थियो । एक सय ५० मिटर पाइप खोलाले बगाएपछि नगरपालिका–२ र ३ का १३ सय ५० घरधुरी खानेपानीबाट वञ्चित भएका थिए । पाइप बगाएको ठाउँमा मर्मतको काम भइरहेको संस्थाका अध्यक्ष वसन्त भट्टराईले जानकारी दिनुभयो । रासस