३० जेष्ठ २०८३, शनिबार
,
Latest
डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका घटनाको एमालेले एक–एक हिसाब राखेको छः महेश बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाको एक–एक हिसाब राखिएको बताउँदै आफूहरुलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई संकेत गर्दै भने, “सक्ने हो भने कारबाही गरेर देखाऊ ।”

पञ्चायत र राजतन्त्रविरुद्ध लड्ने एमाले कार्यकर्ताहरू कहिल्यै छाती फर्काएर नहिँड्ने स्वभावको भएको उनले बताए । “तिमीहरूको एक–एक हिसाब हुन्छ,” उनले चेतावनीस्वरूप भने ।

यस्तै, बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको उजुरीका लागि एमालेले “डिजिटल जेनेरेसन फोर्स” गठन गर्ने जानकारी दिए । उक्त फोर्समार्फत देशभरबाट उजुरी संकलन गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने उनको भनाइ छ ।

उनले भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने भए अहिलेका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्नुपर्ने सुझाव पनि दिए ।

त्यसैगरी, बस्नेतले जेनजी आन्दोलनका क्रममा घरजलेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरका गुण्डुवासीले स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको पनि बताए । “अध्यक्षज्यू आउनुहोस्, हामी जग्गा उपलब्ध गराउँछौं,” बस्नेतले भने ।