३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारले ओलीलाई कुरिरहेको छः रक्षा बम



अ+ अ-

काठमाडौँ । जेनजी अगुवा रक्षा बमले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा टिप्पणी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा ‘नख्खुले तिमीलाई कुरिरहेको छ केपी ओली’ भन्दै ओलीको पछिल्लो राजनीतिक गतिविधि र विगतका निर्णयप्रति कडा आक्रोश प्रकट गरेकी हुन् ।

बमले लेखेकी छिन्, “अघिल्लो पटक संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओली साँझ वालुवाटारमा गायकहरू बोलाएर गीत सुन्दै बसेका थिए । कोभिडले थला परेको र भ्रष्टाचारले चुर्लुम्म देश डुबेको बेला उनी लासहरूमाथि नाचिरहेका थिए । र भोलिपल्टै बालुवाटारबाट बार्दलीमा हात हल्लाउँदै निस्केका थिए ।”

अहिले पनि ओली अहंकार र दम्भमा डुबिरहेको उनको आरोप छ । बम लेख्छिन्, “यसपटक बालुवाटारबाट पुच्छर लुकाएर हेलिकप्टरको हारगुहार गर्दै भाग्न बाध्य भएका केपी ओलीको लागि बार्दली पनि बाँकी रहेन । जताततै भ्रष्टाचारले आक्रान्त देशमा, सुशासन र जवाफदेहिताको खोजीमा सडकमा उत्रिएका युवामाथि गोली चलाउने प्रधानमन्त्री गुन्डुमा गुन्डाको शरणमा पुगेका छन् ।”

उनले थपेकी छिन्, “युवाहरूको रगत अझै सुकेको छैन तर पनि अनुहारमा दम्भ लिएर तिमी अझै कसरी बोल्न सकिरहेका छौ ? सँधै सँधै जनता झुक्किनेवाला छैनन्। नख्खुले तिमीलाई कुरिरहेको छ, केपी ओली ।”