३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता



अ+ अ-

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाहेरीका विषयमा प्रहरी र जाँचबुझ आयोगबीच असमझदारी देखिएको छ ।

आयोगले आजको बैठकबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेका जाहेरी प्रहरीमा नै फिर्ता पठाउने निर्णय गरेको हो ।

यसअघि काठमाडौं प्रहरी परिसरले ती जाहेरी दर्ता गर्न अस्वीकार गर्दै विषय आयोगको कार्यक्षेत्रमा पर्ने दाबी गरेको थियो । तर आयोगले फौजदारी अपराधसम्बन्धी अनुसन्धान र अभियोजन आफ्नो अधिकारक्षेत्रमा नपर्ने भन्दै जाहेरी पुनः प्रहरीमा पठाएको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा फौजदारी अपराधमा संलग्न जोकोहीलाई सरकारले तत्काल अनुसन्धान र कारबाही गर्न सक्ने कानूनी व्यवस्था रहेको स्पष्ट गरेको छ ।

यससँगै उक्त घटनाको अनुसन्धान जिम्मेवारीबारे प्रहरी र आयोगबीच अझै स्पष्टता नआएको देखिएको छ ।