३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले निर्वाचनसम्बन्धी सर्वदलीय छलफल गर्नुहुँदै



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्य र राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनसम्बन्धी छलफल गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार छलफल आज शुक्रबार अपराह्न ४ बजे शीतलनिवासमै हुनेछ । निर्वाचनको तयारी, व्यवस्थापन र सहमतिको वातावरण निर्माणका विषयमा केन्द्रित रहेर संवाद हुने जनाइएको छ ।

बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू शीतलनिवास पुगेर राष्ट्रपतिसँग परामर्श गरेका थिए । आजको बैठकमा सरकारका तर्फबाट प्रमुख मन्त्रीहरू तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।