२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निशस्त्रीकरण ‘असम्भव’ सर्त भएको हमासको भनाइ



President Donald Trump speaks upon departing a news conference with Israeli Prime Minister Benjamin Netanyahu, in foreground, in the State Dining Room of the White House, Monday, Sept. 29, 2025, in Washington. (AP Photo/Evan Vucci)
अ+ अ-

दोहा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्री करणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका एक अधिकारीले शनिबार एएफपीसँग बताएका छन्।

“प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा हो र यो सम्झौताको सर्त बन्न सक्दैन,” ती अधिकारीले भने। यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले शान्ति योजनाको दोस्रो चरणमा हतियार बुझाउने विषयलाई सम्बोधन गरिने सङ्केत गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका २० बुँदे योजनामा हमासका सदस्यहरूलाई माफी दिने वाचा गरिएको छ र प्रस्तावले हमासले आफ्ना हतियारहरू हटाउने र इजरायली सेनालाई गाजा छोड्न अनुमति दिने उल्लेख गरिएको छ।

हमासका अधिकारीले सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि पक्राउ परेका इजरायली बन्धकहरूको रिहाइका लागि सोमबारसम्मको ७२ घण्टाको समयसीमा अघि गाजामा युद्धविराम जारी गर्ने बिषयमा बोल्दै निशस्त्रीकरण असम्भव सर्त भएको बताएका हुन् ।

हमासको निशस्त्रीकरण र इजरायली सेनाको फिर्तीलाई दुई वर्षको विनाशकारी युद्धको अन्त्यको अन्तिम मिलनविन्दुका रूपमा ट्रम्पको योजनामा प्रस्ताव गरिएको छ। (रासस/एएफपी)




भर्खरै