१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षणपछि चिकित्सकले सामान्य सुधार भएको बताउँदै आइतबार बिहान डिस्चार्ज गरेका हुन् । अस्पताल स्रोतका अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर छ ।

स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान राष्ट्रपति पौडेल र जेनजीका प्रतिनिधिसँग तय भएको छलफल स्थगित गरिएको थियो । उक्त बैठक अब सोमबारका लागि सारिएको जनाइएको छ ।