२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु



अ+ अ-

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग२६प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक पुनरामको सोही दिन मृत्यु भएको थियो । अर्का घाइते मनोजको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । रासस