२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली, नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इजरायल–हमासबीच जारी द्वन्द्वका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको पुष्टि भएपछि गहिरो दुःख व्यक्त गर्नुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “इजरायल र हमासबीच विगत दुई वर्षदेखि जारी युद्धको क्रममा हमासद्वारा बन्धक बनाइएका इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशी हालैको युद्धविरामपछि सकुशल रिहाईको अपेक्षा विपरीत, उहाँको यसअघि नै हत्या भइसकेको दुःखद् समाचारले अत्यन्त मर्माहित बनाएको छ ।”

भण्डारीले निर्दोष नेपाली विद्यार्थीले युद्धजस्तो घटनामा अमूल्य जीवन गुमाउनु दुःखद् भएको उल्लेख गर्दै भन्नुभयो, “आफू कुनै पनि प्रकारको द्वन्द्वमा संलग्न नभएका निर्दोष नेपाली विद्यार्थीले यस्तो निर्मम घटनामा अमूल्य जीवन गुमाउनु परेको तथ्यले सम्पूर्ण नेपालीको हृदयमा गहिरो चोट पुर्‍याएको छ ।”

उहाँले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै, द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थी तथा नागरिकहरूको सुरक्षाप्रति सम्बद्ध निकायहरूको गम्भीर ध्यान जानुपर्ने आवश्यकता पनि भण्डारीले औंल्याउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छः
इजरायल र हमासबीच विगत दुई वर्षदेखि जारी युद्धको क्रममा हमासद्वारा बन्धक बनाइएका इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशी हालैको युद्धविरामपछि सकुशल रिहाईको अपेक्षा विपरीत, उहाँको यसअघि नै हत्या भइसकेको दुःखद् समाचारले अत्यन्त मर्माहित बनाएको छ ।

आफू कुनै पनि प्रकारको द्वन्द्वमा संलग्न नभएका निर्दोष नेपाली विद्यार्थीले यस्तो निर्मम घटनामा अमूल्य जीवन गुमाउनु परेको तथ्यले सम्पूर्ण नेपालीको हृदयमा गहिरो चोट पुर्‍याएको छ।

स्वर्गीय विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, द्वन्द्वका कारण विदेशमा रहेका हाम्रा विद्यार्थी तथा नागरिकहरूको सुरक्षाप्रति सम्बद्ध निकायहरूको गम्भीर ध्यान जाओस् भन्ने अपेक्षा गर्दछु।