१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाअध्यक्षसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा, झुट्टा अभिलेख बनाएर ७३ लाख बढी अपचलन



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा कैलालीको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा र खरिदार पूर्णबहादुर विष्टले मिलेमतो गरी ६८३ लाभग्राहीका नाममा झुट्टा अभिलेख बनाएर करिब ७३ लाख ३७ हजार रुपैयाँ अपचलन गरेका छन् ।

अनुसन्धानमा मृत व्यक्तिको नाममा भत्ता वितरण, एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता लिने, नवीकरण नभएका लाभग्राहीका नाममा रकम निकालेको पाइएको छ ।

साथै, बुढाले ४७९ र कठरियाले २०४ औठाछाप नक्कली रूपमा प्रयोग गरेको प्रयोगशालाबाट पुष्टि भएको आयोगले जनाएको छ ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/10/0UCsV4.pdf”]