१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनैपनि सम्भावित चुनौतिको सामना गर्न सदा तयार छौँः नेपाली सेना



अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ गते देशभरका ४ सय ८४ स्थानमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेन जी पुस्ताको आन्दोलन देशभरका ४ सय ८४ स्थानमा भएको नेपाली सेनाले जनाएको हो । सेनाकाअनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाले आन्दोलनका क्रममा ६ सय ८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको बताउनु भयो ।

उहाँले २ सय ५९ निजी निवास, १ सय २८ व्यापारिक प्रतिष्ठान, १ सय ९८ राजनीतिक दलका पार्टी कार्यालय र ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताउनु भयो । आन्दोलनका क्रममा देशभरबाट १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएको नेपाली सेनाले जनाएको छ । सेनाकाअनुसार ८ हजार ७ सय ९९ पक्राउ र फिर्ता भएका छन् । त्यस्तै ९ सय ७८ हतियार लुटिएकोमा ५ सय ८६ हतियार फिर्ता ल्याइएको बताएको छ ।

आन्दोलनका क्रममा मृत्यु भइ टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान हुन नसकेको बताउनु भयो । विशेष परिस्थितिमा निर्वाचन भइरहेकाले चुनौतिपूर्ण रहेको बताउनु भयो । सबैले पहल गरेको खण्डमा निर्वाचनको लागि चाहिने शान्ति सुरक्षाको स्थिति बन्दै जाने र समयमै निर्वाचन गर्न सकिने स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाली सेनाले आन्दोलनमा विदेशी घुसपैठको सम्भावनाबारे अध्ययनरत रहेको बताएको छ । नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख अनुपजंग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गरी समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी रहेको बताउनु भयो । त्यसका लागि नेपाली सेनाले आफ्नो श्रोत, साधन र पेशागत क्षमता अभिवृद्धि गर्दै कुनैपनि सम्भावित चुनौतिको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महशुस गरेको बताउनु भयो ।

उहाँले आन्दोलनको क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी एवं तिनीहरुको सम्मिश्रणबाट आम समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिलाई सेनाले पनि गम्भीरतापूर्वक लिएको बताउनु भयो । हतियार र कैदीबन्दी फिर्ता गर्न सबैले साझा प्रयास गर्न अपिल गर्नुभयो । राष्ट्रिय संस्कारलाई जगेर्ना गर्दै सबै मिलेर राष्ट्रिय हितको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न हातेमालो गर्न आह्वान गर्नुभयो ।