२३ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई



अ+ अ-

सुदूरपश्चिम। वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली भित्र्याउन नपाएका कैलालीका किसान यतिबेला धान भित्र्याउन व्यस्त देखिन्छन् ।

उज्यालो पर्व दिपावलीको उमङ्ग छाइरहँदा किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धानबाली काटेर भित्र्याउन भ्याइनभ्याई भएको हो ।

धनगढी उपमहनगरपालिका–१३ का किसान चेतराज भट्टले दुई साताअघि खेतमा पाकेर झुलिसकेको धान मौसममा सुधार भएसँगै बल्ल काटेर भित्र्याउन पाइएको बताउनुभयो । जिल्लामा यो वर्ष धानको फसल राम्रो देखिएको बताएउँदै उहाँले भन्नुभयो, “केही क्षेत्रमा रोग÷कीराको समस्या देखिए पनि अधिकांश ठाउँमा यसपालि धान उत्पादन राम्रो देखिएको छ ।” दसैँको समयमा भएको वर्षाले प्रदेशका कैलालीसहित जिल्लाका कतिपय किसानको खेतमा

सुकाइ राखिएको धानबाली भिजेर क्षति पुगेको थियो । किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली पर्दछ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर चाडपर्वको समयमा खर्चको जोहो गर्छन् ।

कञ्चनपुरको पुरैना गाउँका किसान केशव पाठकले गाउँका किसानले आफ्नो धानको उचित मूल्य नपाइरहँदा चाडपर्वका बेला खर्चको जोहो गर्न समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँका व्यापारीले मुस्किलले नयाँ धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ६०० तोकेर खरिद गर्ने गरेकाले किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।”

दसैँ र तिहार जस्ता ठूला पर्वमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौलालगायत डोटेली खानाका परिकार पकाएर खाने प्रचलन सुदूरपश्चिम प्रदेशमा छ । नयाँ खाद्यान्यको चामल वा पिठोबाट परिकार बनाएर खानुअघि देवीदेवतालाई चढाउनुपर्ने परम्परा रहेको पाठकले बताउनुभयो ।

धान, गहुँलगायत बाली काट्नुअघि नयाँ बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गाईको गोबरले टाँसेर पूजा गर्ने प्रचलन प्रदेशमा छ । यसलाई ‘देलीबालो’ लगाउने भनिन्छ । देलीबालो लगाउँदा कूलदेवता खुसी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको खाद्यान्य सुरक्षित हुने विश्वास गरिन्छ ।

प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका जिल्लामा आपूर्ति हुन्छ । प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी करिब ६० हजार ४०६ हेक्टरमा बर्खे धानखेती हुन्छ । पछिल्लो दशकमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ ।

खेत खनजोत गर्ने, बाली काट्ने, झार्नेलगायत काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि खेती गर्न सहज भएको किसान बताउँछन् । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम  कम गर्नुपर्ने हुँदा खेती गर्न सहज भइरहेको कृषकको अनुभव छ । रासस