२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित



अ+ अ-

काठमाडौँ। बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान –२०८२ प्रदान गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ  जन्मजयन्तीको सन्दर्भ पारेर  उहाँहरुलाई ताम्रपत्र, दोसल्ला र दुबोको माला तथा नगदसहितको सम्मान अर्पण गरिएको हो ।

विसं  २०५५ सालदेखि निरन्तर दिँदै आएको उक्त सम्मान यसअघि राष्ट्रकवि  माधवप्रसाद घिमिरे, कवि बैरागी काइलालगायत विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएकामा यस वर्ष भने दाहाल दम्पतीलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाले पनौती निवासी कवि तथा वरिष्ठ  चिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि उक्त सम्मान अर्पण गरेको छ ।

श्रीमान्को काममा सहयोग गर्न र अगाडि  बढ्न श्रीमतीको त्यतिकै  योगदान हुने भएकाले उक्त प्रतिष्ठानले श्रीमतीसहितको जोडीलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष  राजेन्द्र श्रेष्ठलगायतले विगत चार दशकदेखि निरन्तर रूपमा शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील डा दाहाल र २० वर्षदेखि स्थानीय तहमा स्वास्थ क्षेत्रमा डाक्टर अधिकारीले पु¥याएको सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान अर्पण गरिएको बताउनुभयो ।

वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञावलीले महाकवि देवकोटाको बहु–आयामिक व्यक्तित्व र शिक्षाविद् दाहाले सम्मानले आफूलाई अझै क्रियाशील भएर राष्ट्रसेवामा जुट्ने प्रेरणा प्राप्त भएको बताउनुभयो । रासस