२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली ट्याक्टर दुर्घटनाः घाइतेहरुको पहिचान भयो



अ+ अ-

लम्की । कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३७ वर्षीय हर्कबहादुर साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४ वर्षीय दानबहादुर साउद रहेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको छ । घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षी सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रुपक बोहोरा रहेका छन् ।

प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–४ चमेलीपुरका ७४ वर्षीय हर्क साउदको मलामी बोकी लम्कीचुहा–३ चिसापानीस्थित कर्णाली नदीमा जाँदै गरेको सु प प्र ०१००२ त ४९९१ नं को ट्याक्टर लम्कीको धोबेनी खोला नजिक दुर्घटना भएको हो ।

घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।