२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिम्सिनाको ‘नेपालको बैङ्किङ इतिहास’ सार्वजनिक



अ+ अ-

झापा।  मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का दीपेन्द्रराज तिम्सिनाले लेख्नुभएको ‘नेपालको बैङ्किङ इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तकमा नेपालको ८८ वर्ष लामो बैङ्किङ अवस्थालाई समेटिएको हो । लेखक तिम्सिनाको यो १४औँ कृति हो ।

लेखक तिम्सिनाका अनुसार पुस्तकमा नेपालका (क) र (ख) श्रेणीका बैङ्कहरुको चिनारीलाई उजागर गर्ने प्रयास गरिएको छ । पुस्तकमा पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलको जीवनी, द्वन्द्वकालमा बैङ्कमा गरिएको आक्रमण, नेपाली बैङ्क ‘मर्जर’को इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा विके श्रेष्ठबारे सामग्री समेटिएको छ ।

नेपाली बैङ्कले पाएको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, विपत्मा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, लिच्छविकालदेखिका मुद्राबारे पुस्तकमा लेखिएको छ । रासस