२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन विकास बैङ्क र विश्व बैङ्कबीच ३ अर्ब डलरको सम्झौता, ऋण क्षमता विस्तारमा सहयोग



अ+ अ-

एजेन्सी । एसियन विकास बैङ्क (एडिबी)ले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई थप आर्थिक सहायता दिनसक्ने गरी विश्व बैङ्कसँग ३ अर्ब अमेरिकी डलर बराबरको जोखिम साटफेर सम्झौता गरेको छ ।

एडिबीका अनुसार, यो सम्झौता विश्व बैङ्कसँगको पहिलो हो, तर अन्य बहुपक्षीय विकास बैंकहरूसँगको छैटौं सम्झौता हो । सन् २०२० यता गरिएका यस्ता सम्झौताहरूको कुल रकम नौ अर्ब डलर पुगेको छ ।

एडिबीकी वित्त तथा जोखिम व्यवस्थापन उपाध्यक्ष रोबर्टा कासालीले भन्नुभयो,“आजका जटिल चुनौतीहरूमाझ बहुपक्षीय बैङ्कहरूबीच सहकार्य अत्यावश्यक छ । यस्ता सम्झौताले हामीलाई जोखिम सन्तुलनमा राख्दै, अझ धेरै देशसम्म सहायता पु¥याउने अवसर दिन्छ ।”

विश्व बैङ्क समूहकी प्रमुख वित्त अधिकृत अंशुला कान्तका अनुसार, यो सम्झौताले बहुपक्षीय बैंकहरूबीच सहकार्य गर्दै कुल ऋण क्षमतामा विस्तार ल्याउने उद्देश्य राखेको छ ।

सार्वभौमिक जोखिम साटफेर भनेको यस्तो प्रणाली हो, जसले बैङ्कको जोखिम धेरै एउटै मुलुक वा क्षेत्रमा केन्द्रित नहोस् भनेर सन्तुलन कायम गर्छ । यसले पूँजीको प्रयोग कम गरी, थप ऋण दिन सक्ने क्षमता बढाउँछ।

एडिबीले जनाएको छ कि यस किसिमको रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई आवश्यक परेको आर्थिक सहायता सजिलो र सुलभ बनाउनेछ ।