२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत



अ+ अ-

बेइजिङ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनले स्वागत गरेको बताएका छन् ।

कतारको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा पाकिस्तान र अफगानिस्तानले कतार र टर्कीको मध्यस्थतामा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन् । यसबाहेक दुबै पक्षले यसको दिगोपना सुनिश्चित गर्न वार्ता जारी राख्नेछन्। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै अक्टोबर २५ मा इस्तानबुलमा दुई पक्षबीच अर्को चरणको वार्ता हुने बताएका छन् ।

“पाकिस्तान र अफगानिस्तान दुवै चीनका परम्परागत छिमेकी हुन् यसलाई नजरअन्दाज गर्न सकिँदैन,” गुओले भने । “चीन दुई देशबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दछ र सम्बन्धित देशहरूले गरेको योगदानको प्रशंसा गर्दछ,” प्रवक्ता गुओले भने ।

“चीनले पाकिस्तान र अफगानिस्तानबीच आफ्ना मतभेदहरू समाधान गर्न, एक व्यापक र दिगो युद्धविराम हासिल गर्न र संयुक्त रूपमा दुवै देश र क्षेत्रको शान्ति र स्थिरताको रक्षा गर्न निरन्तर वार्ता र परामर्शको आशा र समर्थन गर्दछ,” उनले भने ।

“पाकिस्तान–अफगानिस्तान सम्बन्ध सुधार र अगाडि बढाउन रचनात्मक भूमिका निर्वाह गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक छ,” गुओले युद्धविराम पहलको स्वागत गर्दै यसमा चीनको पूर्ण सहयोग रहने बताए। (रासस/एएफपी)