२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र परित्याग गर्दै सुनिल साह आजपा प्रवेश



अ+ अ-

रौतहट। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता सुनिल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

दिपावली, छठपर्वको अवसरमा आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले आजपामा प्रवेश गरेका हुन ।

उधोग बाणिज्य महासंघ रौतहटका पुर्व सचीव समेत रहेका साहलाई आजपा अध्यक्ष प्रभु साहले टीका माला अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन ।

मुलुक र जनताको हितमा आजपाले लिएको नीति, बिचार र नेतृत्व राम्रो भएकालेे आफुले आजपामा प्रवेश गरेको साहले बताए ।

आजपामा पार्टी प्रवेश गर्दै उनले आजपाले मात्रै मुलुकको समस्या समाधान गर्न सक्ने बताए । पछिल्लो समय मुलुकमा देखिएको समस्या कांग्रेस, एमाले, माओवादी केन्द्रले लिएको गलत नीति र नेतृत्वका कारण भएको बताउदै उनले कांग्रेस, एमाले, माओवादी अब विघटन गर्नुपर्ने बताए ।