२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलासँग पाँच हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको राष्ट्रपतिको दाबी



अ+ अ-

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूस निर्मित करिब पाँच हजार म्यान–पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताउनुभएको छ ।

उहाँका अनुसार भेनेजुएलाको हवाई सुरक्षालाई सुदृढ गर्न यी क्षेप्यास्त्रहरू ‘शान्ति सुनिश्चित गर्नका लागि प्रमुख हवाई रक्षा स्थानहरूमा’ तैनाथ गरिएको हो । उक्त मिसाइल प्रणालीलाई रुसमा ‘इग्ला–एस’ भनिन्छ, जसले विशेषगरी कम उड्ने विमानहरू खसाल्न सक्ने क्षमता राख्दछ ।

अमेरिकी पक्षले भने क्यारेबियनमा गोप्य रूपमा लडाकू विमान र नौसेनाका जहाजहरू तैनाथ गरी त्यसलाई ‘लागू पदार्थ नियन्त्रण प्रयास’ का रूपमा व्याख्या गरेको छ । अमेरिकाले हालसम्म भेनेजुएलाबाट लागुऔषध बोकेको कम्तीमा आठवटा जहाज नष्ट गरेको दाबी गरेको छ ।

तर राष्ट्रपति मदुरोले यसलाई आफ्ना विरुद्ध वासिङ्टनले चलाइरहेको ‘सरकार परिवर्तन अभियानको अभ्यास’ का रूपमा चित्रण गर्दै ती तैनाथीको कडा निन्दा गर्नुभएको छ । वरिष्ठ सैन्य अधिकृतहरूको उपस्थितिमा आयोजित टेलिभिजन समारोहमा उहाँले भेनेजुएलाको सार्वभौमिकताको रक्षा गर्न सेना सदैव तयार रहेको बताउनुभयो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कङ्ग्रेसलाई पठाएको प्रतिवेदनमा अमेरिकाले हाल ल्याटिन अमेरिकी लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा रहेको उल्लेख गरेको छ । ती समूहहरूलाई ‘आतङ्कवादी सङ्गठन’ का रूपमा तोकिएको छ भने तस्करीमा संलग्न व्यक्तिहरूलाई ‘गैरकानूनी लडाकू’ भनिएको छ ।

छद्ध
पुष्टि भएका तस्करहरूलाई लक्षित गरे पनि संक्षिप्त हत्या अन्तर्राष्ट्रिय कानून विपरीत मानिन्छ भन्दै विज्ञहरूले भने यस्ता कार्यहरू कानूनी दृष्टिले विवादास्पद भएको बताएका छन् ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारेबियनमा गरिएको तैनाथीका कारण समुद्री तस्करीमा उल्लेखनीय कमी आएको र अब भूमिगत लागुऔषध सञ्जालहरूलाई आक्रमण गर्न अमेरिकी सेना तयार रहेको बताउनुभएको छ ।

विशेषतः कोलम्बियाले अमेरिकी कदमप्रति असन्तुष्टि जनाउँदै वासिङ्टनका लागि आफ्नो राजदूतलाई फिर्ता बोलाएपछि क्षेत्रीय तनाव झन् बढेको छ । कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रो र राष्ट्रपति ट्रम्पबीचको सम्बन्ध यस घटनापछि झन् तिक्त बनेको छ ।