२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्तपुरमा सामूहिक भाइटीका



अ+ अ-

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिनुभएको छ ।

दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आउनुभएको छ ।

जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उहाँले राससलाई जानकारी दिनुभयो ।

मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामूहिक रुपमा टीका लगाइदिनुहुन्थ्यो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उहाँले मरुसत्तलमा टीका लगाउन थाल्नुभएको हो ।

काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उहाँले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ ।