२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने



अ+ अ-

बर्लिन। बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै इयूले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको शनिबार युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनलले बताउनुभएको छ।

विश्वको सबैभन्दा धेरै दुर्लभ खनिज उत्पादन गर्ने मुलुक चीनले खनिज प्रविधिको निर्यातमा लगाएको नयाँ नियन्त्रणले युरोपेली सङ्घका केही कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको र आर्थिक नोक्सान पुगेको युरोपेली सङ्घले बताएको छ ।

इयू प्रमुख भोन डेर लेयनले भन्नुभयो, “यसको उद्देश्य हाम्रा युरोपेली उद्योगहरूका लागि छोटो, मध्यम र दीर्घकालीन रूपमा महत्वपूर्ण कच्चा सामानको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्नु हो।”

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स आवश्यक गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरङ्ग सिर्जना गरेको छ।

चीनले यसै महिना अटो, इलेक्ट्रोनिक्स र रक्षा उद्योगका लागि म्याग्नेटलाई महत्वपूर्ण बनाउन प्रयोग गरिने दुर्लभ खनिज प्रविधिको निर्यातमा नयाँ नियन्त्रणको घोषणा गरेको छ।

भोन डेर लेयनले भन्नुभयो, “इयू योजनाको एक महत्त्वपूर्ण सुरवात पुनः प्रशोधन हुनेछ। “केही कम्पनीहरूले ९५ प्रतिशत महत्वपूर्ण कच्चा माल र ब्याट्रीहरू रिसाइकल गर्न सक्छन्,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “इयू समूहले ‘महत्वपूर्ण कच्चा पदार्थको उत्पादन र प्रयोगपछिमने पुनः प्रशोधन प्रक्रिया’ मा पनि ध्यान केन्द्रित गर्नेछ र ‘युक्रेन, अष्ट्रेलिया, क्यानाडा, कजाकिस्तान, उज्बेकिस्तान, चिली र ग्रीनल्याण्डजस्ता देशहरूसँग महत्वपूर्ण कच्चा माल खरिदका लागि साझेदारी गर्नेछ। रासस




भर्खरै