२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा बढ्यो चहलपहल



अ+ अ-

काठमाडौँ । नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मङ्गलवारदेखि चहलपहल बढेको छ ।

पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरु भएको हो ।

सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवतजावत बढेको देखिन्छ । तिहार पर्वको भाईटीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा थियो । तिहारपछि आईतवार एक दिन मात्र कार्यालय खुला भएपनि उक्त दिन सिंहदरबार सुनसान जस्तै थियो । अधिकांश कर्मचारीहरू अझै पर्वको रमझममा व्यस्त रहेकाले उपस्थिति न्युन छ ।

सोमवार छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यालयहरू बन्द रहे ।  तर मङ्गलवारदेखि भने पूर्णरूपमा कार्यालय सञ्चालनमा आएका छन् । सिंहदरबार परिसरमा बिहान १० बजेदेखि नै कर्मचारीहरूको चहल पहल बढेको छ । गेटहरूमा सुरक्षाकर्मीहरूको जाँच, पार्किङ क्षेत्रमा सवारीसाधनहरूको लाइन र कार्यालय भवनहरूमा फाइलहरू बोकेर हिँडडुल गर्ने कर्मचारीहरूको दृश्यले प्रशासकीय गतिविधि फेरि तिब्र भएको संकेत गर्छ ।