२३ असार २०८३, मंगलवार
,
Latest
‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते



अ+ अ-

भद्रपुर, (झापा) । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस