२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकसँगै परान हेरेपछि पूजा चन्द भन्छिन्ः दर्शकको प्रतिक्रिया राम्रो पाएँ



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘परान’ले प्रतिकुल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको अभिनेत्री पूजा चन्दले बताउनुभएको छ ।

नेपाली चलचित्र ‘परान’ प्रदर्शनमा आएको दोस्रो दिन दर्शकको उत्साह कायम रहेको छ । शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले मौसम प्रतिकुल भएपनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यसै बिच चलचित्रकी अभिनेत्री पूजा चन्दले मौसमले पूर्ण साथ नदिए पनि दर्शकको प्रेमप्रति खुशी व्यक्त गर्नुभयो । मौसम सुधार भएपछि अझ धेरै दर्शक हलमा आउनेमा आफू विश्वस्त उहाँले बताउनु भयो । उहाँकाअनुसार चलचित्रको पहिलो दुई दिनमै विभिन्न स्थानबाट राम्रो समीक्षात्मक प्रतिक्रिया आएको छ ।

उहाँले भन्नुभयो, ‘डेफिनेट्लि हामीलाई वेदरले चाहीँ एकदम साथ दिइरहेको छैन । होपफुल्लि आजदेखि बेटर हुन्छ होला, अनि दर्शकहरु हलमा अझ धेरै झुम्मिने क्रम बढ्छ होला, किनभने दर्शकहरु जति पनि आउनु भएको छ, आएर पनि उहाँहरुले जुन प्रतिक्रिया दिनुभएको छ, जति पनि अहिले सोसल मिडियामा कभरेज भएको छ, पोष्टहरु बनाई राख्नुभएको छ त्यसले पनि धेरै इफेक्ट पार्छ । सबै ठाउँबाट पोजेटिभ रेसपोन्सहरु आई राखेको छ । त्यसले गर्दा चाहीँ आइम फिलिङ भेरि ह्याप्पि ।’

दीपकराज आचार्य (काकु) बाट निदेर्शित उक्त चलचित्रमा अभिनेता निर शाहसहित अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय रहेको छ ।