२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित



अ+ अ-

जनकपुरधाम। कृषिक्षेत्रमा उल्लेखनीय कार्य, उत्पादन तथा  उपलब्धि गरेबापत मधेस प्रदेशका आठ जिल्लाका आठ जना किसानलाई सम्मान गरिएको छ ।

विश्व खाद्य दिवसका अवसरमा आज जनकपुरधाममा ‘स्वच्छ खाना तथा सुखद भविष्यका लागि हातोमालो’ भन्ने नारासहित आयोजना गरिएको समारोहमा प्रदेशका आठ जना किसानलाई नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयद्वारा आयोजित कार्यक्रममा धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महतो, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर, सप्तरी अग्निसाइडर कृष्णासवरण–२ का फलफूल किसान महावीरप्रसाद चौधरी, बाराको जीतपुर–१८ का मकै किसान विनिता गौतम, पर्सा विन्दवासिनी–४ का च्याउ किसान सुजितकुमार चौरसिया, सर्लाही बागमती नगरपालिका–११ का मौरी किसान मणिप्रसाद पाण्डे, सिरहा नगरपालिका–२ का खाद्यान्न बीउ उत्पादक  किसान बलराम यादव र रौतहटको कटहरिया नगरपालिका–५ का धान उत्पादक किसान रामसिंह राय यादव सम्मानित हुनुभएको हो ।

सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा उमेश दाहालले सम्मानित किसानलाई नगद रु २५ हजार, दोसल्लासहित सम्मानपत्र प्रदान गर्नुभयो ।

उहाँले मधेस खाद्यान्नका लागि महत्त्वपूर्ण रहेकाले कृषि क्षेत्रको विकासमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । कृषि निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।