१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने पक्राउ



अ+ अ-

काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले लुटिएको हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको हो । लामा गोकर्णेश्वर–३ मा बस्दै आएका थिए ।

लामाले लाहुरे टोलस्थित एक पसलमा झोलामा राखेको अवस्थामा बन्दूकको बट र नाल फेला परेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार ज्यान मार्ने उद्योगको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका लामा आन्दोलनको मौका पारी भागेका थिए ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।