२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण



अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपति भवन शितल निवासको निरीक्षण गर्नुभएको छ ।

क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार शितल निवास पुग्नुभएको हो । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा राष्ट्रिपति भवन शितल निवासको अगाडीको भवनमा आगजानी भएको थियो ।

यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गर्नुभएको छ । प्रहरी चौकी बालाजु पनि जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।