२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात दिनभित्र बहाल चुक्ता नगरे सामान जफत गर्ने खड्का ल्यान्डलाई नेपाल स्काउटको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल स्काउटको प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटले रकम चुक्ता गर्न भनेको हो । अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटको प्रधान कार्यालयले दिएको छ ।

स्काउटले आज सार्वजनिक सूचना जारी गर्दै स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको तर बहाल नतिरेको उल्लेख छ ।

भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामा उल्लेख छ ।

स्काउटको जग्गा कांग्रेस नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड प्रालिले कब्जा गर्दै आएको आरोप लाग्दै आएको छ ।

नेपाल स्काउटले आज निकालेको सूचना–