२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी बन्दको बीचमा अमेरिकाले ४० स्थानहरूमा हवाई ट्राफिक १० प्रतिशतले कटौती गर्ने



अ+ अ-

एजेन्सी । अमेरिकी संघीय सरकारको बन्द बिहीवार ३७ औं दिनमा प्रवेश गरेको छ ।  जुन इतिहासकै सबैभन्दा लामो हो । जसले हवाई ट्राफिक प्रभावित भइरहेको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनले शुक्रवारदेखि ४० स्थानहरूमा हवाई ट्राफिक १० प्रतिशतले घटाउनेछ । किनकि संघीय सरकारको बन्द अमेरिकी इतिहासमा सबैभन्दा लामो बन्द भएको छ ।

यातायात सचिव शन डफीले अमेरिकी संघीय सरकारको बन्द शुरु भएदेखि लगभग १३ हजार हवाई ट्राफिक नियन्त्रकहरू र लगभग ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरू तलव बिना काम गर्न बाध्य भएका बताउनु भयो । कर्मचारीहरूको बढ्दो संख्याले बिदा लिएको छ । जसले गर्दा उड्डयन उद्योगमा कर्मचारीको अभाव तिब्र भएको छ, धेरै क्षेत्रहरूमा उडान ढिलाइ बढेको छ र उड्डयन सुरक्षामा चिन्ता बढेको छ ।