२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाम दर्ता गराउन मतदाता उत्साहित



अ+ अ-

महोत्तरी । महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड सकेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने बढेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० गतेदेखि नै नाम दर्ता खुले पनि अहिले चाडबाड सकिएपछि दर्ता गर्ने बढेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुग्ने र यसअघि फोटो खिचाएर नाम दर्ता गर्न छुटेका व्यक्ति चाडबाडपछि उल्लेख्य सङ्ख्यामा आउन थालेका छन् । “चाडबाड सकिएपछि मतदातामा उत्साह देखिएको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा असोज १० यता कात्तिक २० गतेसम्म दुई हजार ३४१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराएका छन् । यीमध्ये दीपावली, छठ सकेपछि एक हजार ४३९ जनाले नाम दर्ता गराएका हुन् । जिल्लामा २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता हालसम्म गरेर १६ हजार २६८ नयाँ मतदाता थपिएका छन् । यीमध्ये १३ हजार ९२७ जना भने २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता गत असार १६ गतेसम्म अद्यावधिक भएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९१ हजार ५७७ मतदाता थिए । त्यसयता गत असार १६ सम्मका १३ हजार ९२७ र असोज १० यता बिहीबारसम्म दुई हजार ३४१ मतदाता थपिएका निर्वाचन अधिकारी झाले बताउनुभयो ।

“हामीले निर्वाचन आयोगको परिपत्रअनुसार गत असोज ९ गतेदेखि २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्नेहरुको फोटो खिचाएर मतदाता नामावलीमा नाम समावेश गरी रहेका छौँ,” झाले भन्नुभयो, “यसै अभियानभित्र त्रुटि सच्याउने र नाम बसाइ सारेको ठाउँमा सार्ने काम पनि सँगसँगै बढेको छ ।”