२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरीः मुख्यसचिव अर्याल



अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइने बताउनु भयो । उहाँले रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गद लैजानुपर्ने बताउनु भयो । उहाँले युवाको आकंक्षा र राज्यको क्षमताबीचमा ठूलो अन्तर रहेको बताउँदै यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेको बताउनु भयो । शासन र सेवाप्रति अपेक्षा बदलिएकाले अब विगतमा गर्न नसकिएका कुराहरु गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यहाँहरुले ढुक्क भएर काम गर्नुहोला । जेन जी आन्दोलनको सन्देश युवाको आकंक्षा र राज्यको क्षमताबीचमा अन्तर छ । यो कुरा बताउनुपर्छ । अनावश्यक यसो र उसो गर्छौं किन्न भन्नु, क्षमता छैन । हाम्रो क्षमता के हो त्यो बताउनुपर्छ । युवाहरुको आकंक्षा बढी भयो, सिंगापुर बनाउने कुरा भयो । सिंगापुर कसरी बन्यो भन्नेकुरा स्टार्ट गर्नुपर्छ । युवाको आकंक्षा र क्षमताबीचको अन्तरमा ठूलो ग्याप छ । परिवर्तन प्रत्येक दिन गरिरहनुपर्छ । युवाहरुले दिएको सन्देशलाई मनन गर्नुपर्छ । शासन र सेवाप्रति अपेक्षा बदलिएको छ । हामीले हिजो गर्न सकेनौँ भने अब गर्नुपर्छ । नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ । रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्छ । यसभित्र रहेर नीति निर्माण गर्नुपर्छ । आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गर्दै जानुपर्छ । शान्ति सुरक्षा विस्तारै लयमा आइरहेको छ । विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइन्छ । युवा केन्द्रित आर्थिक रणनीति अपनाउनुपर्छ ।’

मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने बताउनु भयो । तीन तहको  सरकारबीच समन्वय हनु नसक्दा पनि विभिन्न समस्याहरु आइरहेको जिकिर गर्नुभयो । कति वटा सरकारसँग निजी क्षेत्रले डिल गर्ने भन्नेकुराको पहिचान हुन नसकेको बताउनु भयो । भिन्न भिन्न ढंगले गरिने विकासले नेपाललाई समृद्ध बनाउन नसक्ने बताउनु भयो ।




भर्खरै