२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने



अ+ अ-

सिरहा। भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन् । उहाँका अनुसार, यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ । रासस