२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी संसदद्वारा सरकारी बन्द अन्त्य गर्न सिनेट–अनुमोदित खर्च प्याकेज पारित



अ+ अ-

एजेन्सी ।  अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) ले बुधवार राति सिनेटद्वारा अनुमोदित अस्थायी खर्च प्याकेजलाई बहुमतले पारित गरेको छ ।

यो निर्णयले अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) को अन्त्य गरेको छ । जसले ३५ दिनसम्म संघीय सरकारका धेरैजसो कार्यालयहरू ठप्प पारेको थियो । यो गतिरोध कंग्रेसभित्र रिपब्लिकन र डेमोक्र्याटहरूबीचको तिब्र मतभेदका कारण उत्पन्न भएको थियो । विशेष गरी सीमा सुरक्षा, आप्रवासन नीति र स्वास्थ्य सेवा बजेटलाई लिएर यसको विवाद चुलिएको थियो ।

कंग्रेसले नयाँ वित्तीय वर्षको बजेट पारित गर्न असफल भएसँगै सरकारी बन्द गत अक्टोबर ९ तारिखबाट शुरु भएको थियो । रिपब्लिकनहरूले मेक्सिको सीमामा पर्खाल निर्माणका लागि थप ५ अर्ब डलर माग गरेका थिए । जसलाई डेमोक्र्याटहरूले अस्वीकार गरे ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो मागलाई आफ्नो प्रमुख प्राथमिकताको रूपमा अघि सारेका थिए । परिणामस्वरूप करिव ८ लाख संघीय कर्मचारीहरू तलबविहीन बने । राष्ट्रिय पार्कहरू बन्द भए । हवाई उड्डयन सुरक्षा प्रभावित भयो र अर्थतन्त्रमा दैनिक १ अर्ब डलरभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।