२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रगतिशिल राष्ट्रिय अभियानले भन्योः फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २ज्ञ मा कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने बताउनु भयो । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको बताउनु भयो । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उहाँको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनैपर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रुपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकतावद्ध भएर बिदा गर्नेछौँ । ’

किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने उहाँको दाबी छ । आजको आवश्यकता रुपान्तरण र पुस्तान्तरणको भएको बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्नुभएको आरोप लगाउनु भयो ।